NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व अष्टमी - ८

पृष्ठभूमि

पृष्ठभूमि

शहरी पूर्वाधार प्रविधि अनुसन्धान तथा तालिम केन्द्र नेपाल सरकार, शहरी विकास मन्त्रालय अन्तर्गतको निकाय हो। केन्द्रले शहरी विकास, भवन निर्माण तथा फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित प्रविधिको अनुसन्धान, विकास, तालिम र प्रवर्द्धन गर्दै आएको छ। यस केन्द्र अन्तर्गत आवास तथा भवन शाखा, शहरी योजना तथा विकास शाखा, र फोहोरमैला प्राविधिक सहायता शाखा गरी तीन प्रमुख शाखाहरू छन्, जसले निर्धारित क्षेत्रमा नीति निर्माण, अनुसन्धान, तालिम तथा प्रविधिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

यस केन्द्रको संस्थागत विकास क्रम हेर्दा वि.सं. २०५८ मा मकवानपुर जिल्लाको हेटौंडामा भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र स्थापना भई भवन निर्माण प्रविधि सम्बन्धी अध्ययन, अनुसन्धान र तालिममा प्रारम्भिक कार्य थालिएको थियो। त्यसपछि, वि.सं. २०७७ साल मंसिर २१ गतेको निर्णय अनुसार, राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र स्थापना भएको र वि.सं. २०७९ साल वैशाख १३ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले उक्त केन्द्रलाई शहरी विकास मन्त्रालय अन्तर्गत पुनः संरचना गरेको थियो । हाल वि.सं. २०८१ साल असोज २१ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार केन्द्रको कार्यक्षेत्र गत शर्तहरूमा व्यापकता प्रदान गर्दै नाम परिवर्तन गरी शहरी पूर्वाधार प्रविधि अनुसन्धान तथा तालिम केन्द्र वर्तमान अवस्थामा आएको छ।