शहरी पूर्वाधार प्रविधि अनुसन्धान तथा तालिम केन्द्र नेपाल सरकार, शहरी विकास मन्त्रालय अन्तर्गतको निकाय हो। केन्द्रले शहरी विकास, भवन निर्माण तथा फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित प्रविधिको अनुसन्धान, विकास, तालिम र प्रवर्द्धन गर्दै आएको छ। यस केन्द्र अन्तर्गत आवास तथा भवन शाखा, शहरी योजना तथा विकास शाखा, र फोहोरमैला प्राविधिक सहायता शाखा गरी तीन प्रमुख शाखाहरू छन्, जसले निर्धारित क्षेत्रमा नीति निर्माण, अनुसन्धान, तालिम तथा प्रविधिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
यस केन्द्रको संस्थागत विकास क्रम हेर्दा वि.सं. २०५८ मा मकवानपुर जिल्लाको हेटौंडामा “भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र” स्थापना भई भवन निर्माण प्रविधि सम्बन्धी अध्ययन, अनुसन्धान र तालिममा प्रारम्भिक कार्य थालिएको थियो। त्यसपछि, वि.सं. २०७७ साल मंसिर २१ गतेको निर्णय अनुसार, “राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र” स्थापना भएको र वि.सं. २०७९ साल वैशाख १३ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले उक्त केन्द्रलाई शहरी विकास मन्त्रालय अन्तर्गत पुनः संरचना गरेको थियो । हाल वि.सं. २०८१ साल असोज २१ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार केन्द्रको कार्यक्षेत्र गत शर्तहरूमा व्यापकता प्रदान गर्दै नाम परिवर्तन गरी “शहरी पूर्वाधार प्रविधि अनुसन्धान तथा तालिम केन्द्र” वर्तमान अवस्थामा आएको छ।
यस केन्द्र अन्तर्गत रहेका शाखाहरु
(क) आवास तथा भवन शाखा
(ख) सहरी योजना तथा विकास शाखा
(ग) फोहोरमैला प्राविधिक सहायता शाखा
कार्यविवरण
- स्थानीय वास्तुकला, देशको हावापानी र कलासंस्कृति सुहाउँदो भवन निर्माण प्रविधि, आधुनिक र वैकल्पिक निर्माण सामग्री, भवन निर्माण प्रविधि, भवनहरूको गुणस्तर अभिवृद्धिका अध्ययन अनुसन्धान तथा विकास, प्रवर्द्धन, तालिम, प्रशिक्षण तथा ज्ञान हस्तान्तरण गर्ने,
- शहरी विकास, आवास तथा भवन निर्माण सामाग्री र प्रविधि सम्बन्धी नियम-विनियम, निर्देशिका तथा आचार संहिताहरू निर्माण तथा परिमार्जन सम्बन्धी कार्य गर्ने,
- भवन आवास, सहरी विकास तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने,
- भवन, आवास र सहरी क्षेत्रको कार्यमूलक तथा शैक्षिक अनुसन्धानको समन्वय सम्बन्धी कार्य गर्ने,
- बिल्डिङग एण्ड आर्किटेक्ट उपसमूहका प्राविधिकहरूलाई सेवासँग सम्बन्धित क्षमता अभिवृद्धि गर्न तालिम तालिम संचालन गर्ने,
- निर्माण सामाग्रीहरूको गुणस्तर एवं उपयुक्तता परीक्षण तथा सुनिश्चितता गर्न प्रयोगशाला परीक्षण गर्ने,
- DUDBC अन्तर्गतको भवन संहिता शाखा लाई आवश्यक राय सुझाव दिने कार्य गर्ने,
- नर्म्स र स्पेसिफिकेशनको समयानुकूल निरन्तर अद्यावधिक तथा परिमार्जन गर्ने,
- फोहोरमैलाहरूको उपयुक्त विसर्जनको लागि स्थानीय भूगोल अनुकूलको प्रविधिको पहिचान सम्बन्धी कार्य गर्ने,
- फोहोरमैला व्यवस्थापन र विशिष्ट पूर्वाधारहरूको निर्माणमा स्थानीय तहहरूसँग समन्वय तथा सहकार्य गर्ने,
- फोहोरमैला व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, समन्वय र सहजीकरण गर्ने ।
हाल सम्मको केहि महत्वपूर्ण प्रगति/उपलब्धिहरू
- निर्माण सामग्री परीक्षण प्रयोगशाला स्थापना तथा संचालन
- Construction Material Library स्थापना तथा संचालन
- Building Information Management System (BMIS) Software तयार गरी DUDBC लाई हस्तान्तरण
- DUDBC परिसरको प्रवेशद्वार निर्माण तथा परिसर सुधार
- Concrete (Nominal mix. / Design mix) को quality र Strength सम्बन्धी अध्ययन
- ACC block, ईँटा, र सिमेन्ट ब्लकहरूको गुणस्तर र उत्पादन विधिको अध्ययन
- परम्परागत वास्तुकला तथा निर्माण प्रविधिको अध्ययन गरी क्याटलग तयार
- Training Need Assessment गरी नियमित तालिम सञ्चालन
- सरकारी भवनका लागि Energy Efficient तथा Passive Building Design Manual तयार
- भवन निर्माण कार्यमा आवश्यक निर्माण सुरक्षा तथा OHS सम्बन्धी अध्ययन गरी Guidelines तयार
- सरकारी भवनहरुलाई अपाङ्ग मैत्री बनाउनका लागि आवश्यक Guidelines तयार
- काठमाडौं उपत्यका भित्र निर्माण भएका Steel Structure को अवस्था र अभ्यासहरूको अध्ययन
- Stonecrete Block को अध्ययन
- सरकारी भवनहरुमा प्रयोग हुने Signage हरुको अध्ययन गरी guideline तयार
- Ecological Region अनुसार Energy Efficient Type Building Design तयार
- काठमाडौं उपत्यकामा Ready Mixed Concrete (RMC) सम्बन्धी अध्ययन
- Emergency Shelter Design Catalogue तयार
- संयुक्त आवास भवनहरुमा Firefighting System को अवस्था, संचालन र कार्यविधिबारे अध्ययन
- केन्द्रबाट संचालित तालिमहरूको मूल्यांकन
- फोहोरमैला व्यवस्थापन सम्बन्धि Best Practices को अध्ययन
- काठमाडौं उपत्यकामा Hospital Buildings हरुको Waste Generation र Waste Segregation को अध्ययन।
- बागमती, कोशी तथा मदेश प्रदेशका विभिन्न पालिकाहरुमा फोहोरमैला व्यवस्थापन सम्वन्धी तथ्यांक संकलन र अभिलेखिकरण
केन्द्रबाट संचालित तालिम कार्यक्रमहरु:
|
तालिम कार्यक्रम
|
सहभागी संख्या
|
|
नवनियुक्त वि एण्ड आर्क उपसमूहका प्राबिधि कर्मचारीहरुको लागि अभिमुखीकरण
|
|
|
NBC 105 को प्रयोग गरी Building Design
|
|
|
फोहोरमैला व्यवस्थापन
|
|
|
Land Pooling, GIS, IUDP
|
|
|
Non-Destructive Test (NDT) र Retrofitting Technique
|
|
|
Conflict Management, Claim and Disputes सम्बन्धी
|
|
|
Public procurement र Contract management सम्बन्धी
|
|
|
Quality Assurance and Quality Control (QA/QC)
|
|
|
Advanced Excel, Report Writing र Presentation
|
|
|
Team Building, Meditation, Public Speaking
|
|
|
Project Planning and Scheduling using MS project
|
|
कार्यदिशा
- तिनै तहका कर्मचारीलाई भवन, आवास, शहरी योजना तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी नवप्रवर्तनमूलक अनुसन्धान तथा व्यावसायिक तालिम, कार्यशाला, गोष्ठी तथा अभिमुखीकरण कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने,
- भवन, आवास, शहरी विकास तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी नवीनतम प्रविधिहरूको निरन्तर अध्ययन गर्दै जाने,
- प्राज्ञिक प्रतिस्ठान, अन्य सरकारी निकाय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य र साझेदारी गर्दै सामूहिक रुपमा अनुसन्धान र विकास गर्दै जाने ,
- भवन तथा शहरी पूर्वाधार निर्माणका लागि आवश्यक नीति, मापदण्ड, निर्देशिका र संहिताहरूको निर्माण तथा समयानुकूल परिमार्जन गर्न तथ्य विश्लेषण सहित नेपाल सरकारलाई निरन्तर सिफारिस गर्ने,
- भवन तथा शहरी पूर्वाधार सम्बन्धी तथ्यांक संकलन र विश्लेषण, अनुसन्धान प्रतिवेदन र डिजाइन अभिलेखलाई डिजिटलाइज गरी सुरक्षित, छरितो तथा उपयोगी व्यवस्थापन सूचना प्रणाली विकास गर्दै जाने,
- नेपाल सरकारका विल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका कार्मचारीहरूको लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानसँगको समन्वयमा सेवाकालीन तालिम सञ्चालन गर्ने ।